मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम अन्तिम समयमा रोकियो
काठमाडौं । राष्ट्र बैंकले आज ल्याउन लागेको मौद्रिक नीति अन्तिम समयमा आएर रोकिएको छ । राष्ट्र बैंकले शुक्रबार आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो ।
सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय अपुग भएको भन्दै तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।
सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भएकाले मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकारमा डा. युवराज खतिवडाले थप छलफल गर्न चाहेकाले रोकिएको हुनसक्ने आँकलन छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३