एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपतिले चौथोपटक प्रधानमन्त्रीमा नियुक्त गर्दै, शपथ भोलि मात्र
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली आज आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दावी पेश गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नियुक्त गर्ने तयारी गरेका छन्।
संविधानको धारा ७६ ९२० नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रबार साँझ ओलीले नयाँ सरकार गठनको दाबी पेस गरेका थिए। राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिएर सरकार गठनको आह्वान गरेका छन्। आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर सोमबार बिहान ११ बजे आसपासको समयमा शपथ ग्रहण कार्यक्रम राख्ने तयारी राष्ट्रपति कार्यालयको छ।
नियुक्त गरेर आइतबार नै शपथ ग्रहणका लागि निम्तो दिन नभ्याउने भएपछि सोमबारका लागि राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको हो। ओलीले भने आफू नियुक्त हुनेबित्तिकै कांग्रेस र एमालेका भागमा परेका सबै मन्त्रीलाई सोमबार नै शपथ ग्रहण गराउनेगरी तयारी थालेका छन्।