कांग्रेस–एमालेको सहमतिलाई राप्रपा, जनमत र लोसपाको समर्थन
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको बैठकमा ती दलका नेताहरूले नयाँ सहमतिमा समर्थन जनाएको बताइएको छ ।
यसैगरी नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । तर प्रधानमन्त्री प्रचण्डको तर्फबाट ठोस जवाफ आएको छैन ।
प्रकाशित मितिः २०८१ असार १९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
