सुरक्षण मुद्रणसम्बन्धी विधेयक संशोधन प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौं । राष्ट्रिय सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
मंगलवारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सो प्रस्तावलाई सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावको पक्षमा सांसदहरूले सहमति जनाएसँगै अध्यक्ष दाहालले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।
प्रकाशित मितिः २०८१ असार ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
