गोजीमा राजीनामा बोक्नु रास्वपाको पहिचान हो, सरकारबाट बाहिरिँदैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचान भएको बताएका छन् । हालै रास्वपाबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले राजीनामापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताएका छन् ।
सोमबार भरतपुर विमानस्थलमा पत्रकाहरूले प्रधानमन्त्री प्रचण्डलाई रास्वपाका मन्त्रीले गोजीमा राजीनामा पत्र बोकेर हिँडेकोबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर । त्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला ।’
आफूले बुझ्दा रास्वपाका मन्त्रीहरूले राजीनामा दिनेबारे केही पनि कुरा नभएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रकाशित मितिः २०८१ असार ०३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
