असार ३ गते सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिइँदै आएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ३२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
