सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिको पहिलो बैठक सुरु
काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।
संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
