अर्थमन्त्रीले प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको सामान्य छलफल बुधबार सकिँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले बोलिसकेपछि सांसदहरूले बजेट वक्तव्यमाथि उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम तय भएको छ ।
संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्रीले जवाफ दिएपछि विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बजेटमाथिको मन्त्रालयगत छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले मङ्गलवार नै जवाफ दिइसकेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३