जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

भक्तपुर न्यूज

२३ जेठ २०८१ ५:३६

जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गरेका छन्। विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आह्वान गरे ।

उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरोलगायतका प्रकोपहरू बढेको बताए । उनले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिएको बताए । उनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उल्लेख गरे ।

उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गरे । उनले नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग पुग्ने बताए ।

उनले उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने बताए । राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतिकको रुपमा बिरुवा रोपेर मनाउन आग्रह गरे । वातावरण संरक्षणका लागि चौतारी र पोखरीको सभ्यताको जगर्ने गर्न आग्रह गरे ।

प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *