प्रतिनिधि सभालाई कम्युनिष्ट पार्टीको ब्यारेक बनाएको कांग्रेस सांसदको आरोप

भक्तपुर न्यूज

२२ जेठ २०८१ ९:१५

प्रतिनिधि सभालाई कम्युनिष्ट पार्टीको ब्यारेक बनाएको कांग्रेस सांसदको आरोप

काठमाडौैं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले सरकारले संसद्को गरिमालाई कायम राख्न नसकेको टिप्पणी गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले प्रतिपक्षी दलको आवाजलाई दबाएर सत्तापक्षले प्रतिनिधि सभालाई कम्युनिष्ट पार्टीको ब्यारेक बनाएको उनले आरोप लगाईन् ।

उनले भनिन,‘हामीले बेल घेराउका क्रममा देखिएको दृश्यले दुनियाँ हाँसेको छ । यो संसद् लोकतान्त्रिक मुलुकको संसद् थियो कि एउटा कम्युनिस्ट पार्टीले सञ्चालन गर्ने ब्यारेक थियो । त्यो मैले बुझ्न सकिनँ ।’

गृहमन्त्रीमाथि छानबिनको माग गरेर कांग्रेसले अवरोध गरेका बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाएका थिए भने सत्तारुढ दलका सांसदहरुले वेलमा बाटो बनाउँदै प्रधानमन्त्री र मन्त्रीलाई रोष्ट्रममा पुर्‍याएका थिए ।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *