राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौैं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ः १५ बजे सुरु हुनेछ ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्व सदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३