संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

भक्तपुर न्यूज

२२ जेठ २०८१ ४:५७

संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौैं । संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आज शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

karya--suchi-1717462991.JPG

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *