भक्तपुरको अवैध समिट हस्पिटलमा तालाबन्दी
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं–१ लोकन्थलीमा सञ्चालन रहेको समिट हस्पिटलमा प्रशासनले सिल गरेको छ । अवैध रूपमा सञ्चालित उक्त हस्पिटलले करिब एक करोड भाडा समेत नतिरेको, घर खाली गराउन स्थानीय पालिकामा र जिल्ला प्रशासन कार्यालयमा पटक पटक जानकारी गराउँदा पनि अटेर गरेको हुँदा सिल गर्नुपरेको मध्यपुर थिमी नगरपालिकाले जनाएको छ ।
हस्पिटलमा बिरामीसमेत रहेको हुँदा बिरामीलाई मध्यनजर गरी सात दिनभित्र अन्यत्र अस्पतालमा सार्न समयसीमा दिइएको जनप्रतिनिधि श्यामकृष्ण प्रजापतिले बताए ।
१२७९ वर्गमिटरमा बनेको घरमा सञ्चालित हस्पिटल कतै दर्ता समेत नभएको पाइएको छ । मितेरी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई घर भाडामा दिएको सम्झौतामा उल्लेख छ । तर सञ्चालनमा दर्ता नभएको अस्पताल सञ्चालन भएको पाइएपछि खाली गर्न लगाएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३