प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० पेश गरेकी हुन् ।
संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेश गरेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३