प्रतिनिधिसभा बैठकमा आज पनि बजेटसम्बन्धी छलफल जारी रहने

भक्तपुर न्यूज

२१ जेठ २०८१ ४:२३

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटसम्बन्धी छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची रहेको छ। यस्तै, बैठकमा आइतबारबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

हिजोदेखि जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ। यसैगरी आज राष्ट्रियसभाको बैठक पनि बस्नेछ। मध्याह्न सवा १२ बजेका लागि बोलाइएको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *