नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने

भक्तपुर न्यूज

२० जेठ २०८१ १२:५२

नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरु क्रमशः हुँदै जाने बताए ।

उनले भने– ‘समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग थियो, पूरा भयो । समितिको काम आएपछि हामी भन्छौँ । हामीले प्रतिपक्षमा बसेर गल्ती कहाँ भएको छ, त्यसलाई औंल्याउने हो । जस्तो रवि लामिछानेको बारेमा हामीले कुरा राख्यौँ । त्यो सत्य हो की होइन भनेर त्यसको छानबिन हुँदैछ । समिति गठन भएपछि हामी चुपचाप छौँ । बजेट एक हिसाले हेर्दा ठिकै देखिन्छ । मलाई सोध्नुहुन्छ भने मेरो क्षेत्रमा कति परेको छ, थाहा भएन । म हेर्छु अनि भन्छु ।’

उनले बजेट एक हिसावले हेर्दा ठिक आएको बताए ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *