संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा चलेको छ : प्रेम सुवाल

भक्तपुर न्यूज

२० जेठ २०८१ ८:१५

संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा चलेको छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिले मिलेमतोमा सत्य दबाइने चर्चा चलेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा जनतामा चलेको बताएका हुन् ।

‘सहकारी संस्थाको रकम ठगी सम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने जनतामा चर्चा छ,’ सुवालले भने ।

उनले गिरीबन्धु टि–स्टेट, टीकापुर जग्गा प्रकरण, टेरामेक्स प्रकरणलगायतका सदन र सदन बाहिर उठेका विषयहरूको छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारणबारे पनि प्रश्न गरे ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *