देशको अवस्था रास्वपाले बिगारेको भनेर पुराना पार्टीहरू पन्छिन खोजे : सांसद झा

भक्तपुर न्यूज

२० जेठ २०८१ ८:०४

देशको अवस्था रास्वपाले बिगारेको भनेर पुराना पार्टीहरू पन्छिन खोजे : सांसद झा

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले देश अहिले राम्रो अवस्थामा नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारी तन्त्र केही पनि ठिक नभएको बताएका हुन् ।

‘देशको अहिलेको अवस्था, राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था र अवस्था, ब्युरोक्रेसी सबै चिज हेर्ने हो भने, निजी क्षेत्रको कन्फिडेन्स सबैको कुरा गर्ने हो भने कतै पनि राम्रो छैन,’ झाले भने, ‘देश अहिले राम्रो अवस्थामा छैन ।’

रास्वपा राजनीतिमा आएको अवधिको हिसाब सुनाउँदै उनले पुराना दलहरूले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पुराना दलहरू पन्छिन खोजेको भन्दै आपत्ति जनाए ।

‘हामी राजनीतिमा आएको २३ महिना भयो । संसदमा आएको १७ महिना र सरकारमा आएको दुई पटक गरेर १२२ दिन भयो,’ झाले भने, ‘तर अहिले केही दल र दलका केही अग्रजहरूले यो सबै तिमीहरूले बिगार्‍यौ भन्ने जस्ता कुराहरू बोल्दै आफू पन्छिने प्रयासहरू पनि देखिन्छ । सदन मै देखिन्छ, आज पनि देखियो ।’

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *