गृहमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काँग्रेसको माग

भक्तपुर न्यूज

२० जेठ २०८१ ६:५७

गृहमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काँग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले यस्तो माग गरेका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले व्यक्तिगत रुपमा दिएका कांग्रेसका अरु नेता र आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताए ।

उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ, देशद्रोहको मुद्दा लगाउनुपर्छ, थुन्नुपर्छ ।’

गृहमन्त्री बरालिए भन्दैमा आफूहरू काँग्रेस नबरालिने उनले बताए । उनले गृहमन्त्रीले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग हिसाबकिताब माग्ने बताए । ‘हामीले त हिसाब–किताब लिनैपर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ, होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *