लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा लिबियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना)को पाँचौं डफ्फालाई बदली गरिएको सैनिक मुख्यालय जंगीअड्डाले जनाएको छ ।
पाँचौं डफ्फालाई श्री भगवती प्रसाद गुल्म (स्पेशल गार्ड युनिट)को छैटौं डफ्फाले बदली गरेको हो । सेनानी रमेशकुमार बञ्जराको नेतृत्वमा ५७ जनाको टोली लिविया प्रस्थान गरेको छ ।
यसैगरी उक्त मिसनमा तैनाथ पाँचौं डफ्फाका ५८ जना शान्ति सैनिकहरु प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा बुधबार स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरु कार्यरत छन् ।
प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८