रातो मत्स्येन्द्रनाथको रथ तान्ने शुभ साइत साउन १७ गते

भक्तपुर न्यूज

१७ जेठ २०८१ ६:२५

रातो मत्स्येन्द्रनाथको रथ तान्ने शुभ साइत साउन १७ गते

काठमाडौं । वर्षा र सहकालको देवता रातो मत्स्येन्द्रनाथको दुई महिनापछि रथ तान्ने शुभ साइत निस्केको छ । ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा लगनखेलबाट जावलाखेल लैजानु पूर्व साइत जुराउनुपर्ने परम्पराअनुसार आज बिहीबार मंगलबजारको सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले २०८१ साउन १७ गते बिहीबारका दिन रथ तान्ने उत्तम साइत निकालेका हुन् ।

गत वैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गाःबहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि साइत हेरेर मात्रै रथलाई जावलाखेलमा पुर्‍याइन्छ । रथ जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने र जात्रा सम्पन्न हुने गर्दछ ।

प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *