असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

भक्तपुर न्यूज

१६ जेठ २०८१ ९:२३

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

काठमाडौं । असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने,‘अहिले भारतीय लगायतका पर्यटकहरूको आगमन पशुपतनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रुपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’

प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *