नीति तथा कार्यक्रममाथि छलफल गर्न बागमती प्रदेशसभाको बैठक आह्वान
काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
बैठक अपरान्ह ३ः३० बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
