आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण शुरु

भक्तपुर न्यूज

१५ जेठ २०८१ ९:४६

आर्थिक वर्ष २०८१/८२ काे बजेट भाषण शुरु

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि बजेट भाषण शुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न शुरु गरेको हो ।

सरकारले झन्डै साढे १९ खर्ब रुपैयाँको बजेट पेश गर्ने गरी तयारी भएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले बताएका छन् । राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्ब रुपैयाँको सीमामा रहेर आउँदो आर्थिक वर्षको बजेट ल्याउन सुझाएको थियो ।

आउँदो बजेटमा राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको तयारी छ । सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ । त्यस्तै सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान सम्बोधन तथा जलवायु अनुकूलन क्षमता बढाउनेलगायतका कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट आउने देखिन्छ ।

यसअघि आजै सिंहदरबामा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको थियो ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *