‘महिनावारीको बेला महिला ट्राफिकलाई ४ दिन छुट्टी, मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने’
काठमाडौं । महिलालाई ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन् ।
रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए ।
“गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास : अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५