न्युरोडमा सडक साँघुरो बनाउन लागिएको विरोधमा स्थानीयको प्रदर्शन
काठमाडौं । न्युरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् ।
‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।
महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफल गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३