संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन ३ बजे फेरि छलफल हुने

भक्तपुर न्यूज

१४ जेठ २०८१ ७:१९

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन ३ बजे फेरि छलफल हुने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन ।

दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । रास्वपा नेता एवं कार्यदल सदस्य शिशिर खनालले शीर्ष चार नेताको बैठक बस्ने जानकारी गराए । बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक-फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।

चार दलको सामूहिक छलफल भने बैठकमा हुन नसकेको सहभागी एक नेताले जानकारी दिए । उनले भने,‘प्रधानमन्त्रीले सबै दलसँग छुट्टाछुट्टै कुरा गर्नुभयो । सामूहिक छलफल भने भएन ।’

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *