बागमती सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित
काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गत सोमबार सकिएको थियो ।
सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) का आधार नीति तथा कार्यक्रम ल्याइने गरिन्छ ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
