कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

भक्तपुर न्यूज

१४ जेठ २०८१ ६:२२

कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आजै दिउँसो १ बजेका लागि बैठक बोलाएको सहमहामन्त्री जिवन परियारले जानकारी दिए ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि कांग्रेसले बैठक बोलाएको हो । सो बैठकबाट पार्टीले संसदीय छानबिन समितिबारे धारणा बनाउने परियारले बताए । सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *