म्याद थपका लागि सिरोहियालाई तेस्रोपटक अदालतमा पेश गरिँदै

भक्तपुर न्यूज

१४ जेठ २०८१ ५:२५

म्याद थपका लागि सिरोहियालाई तेस्रोपटक अदालतमा पेश गरिँदै

काठमाडौं । नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि सोमबार तेस्रोपटक जिल्ला अदालत, धनुषामा पेश गरिँदैछ।

गत शुक्रवार अदालतले सिरोहियाको मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई दोस्रोपटक ३ दिन थुनामा राख्न अनुमानि दिएको थियो। त्यो समय सकिन लाग्दा आज फेरि सिरोहियालाई अदालतमा म्याद थपका लागि पेश गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दोस्रोपटक दिएको म्याद आज सकिने भएपछि तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गर्न लागेको बताए। सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो।

बुधवार नै उनलाई धनुषा जिल्ला अदालतमा पेश गर्दा न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *