महालेखा परीक्षकले राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने

भक्तपुर न्यूज

१३ जेठ २०८१ ७:३७

महालेखा परीक्षकले राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ ।

महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *