कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस
काठमाडौं । सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ । सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न सिफारिस गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद आज सकिदैँछ । यता सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज अदालतमा बहस गर्ने बुझिएको छ । नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।
प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
