कांग्रेसकाे अवरोधका बीच प्रधानमन्त्रीद्धारा धन्यवादको प्रस्ताव टेवल
काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराेध गरेकाे छ। बैठकको सुरुमा नेपाली कांग्रेसका सांसद बद्रि पाण्डेले बोलेसँगै कांग्रेसले नाराबाजी गरी संसद अवराेध गरेकाे हाे। उनले गृहमन्त्री रवि लामिछानेलाई बोलेका कुरा पुष्टि गर्न र छानबिन गर्न चुनौती दिए।
कांग्रेसकाे अवरोधका बीच नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव टेवल गरे। आज बिहान ११ बजे बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक ढिलागरी सुरु भएकाे हाे। सभामुख देवराज घिमिरे र दलहरूबीचको छलफल लम्बिएकाे कारण बैठक ढिला सुरु भएकाे हाे।
सभामुख घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरू बीच नयाँ बानेश्वरस्थित संसद भवनमा छलफल भएकाे थियाे। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि विरोध गर्दै आएको छ।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार