संसद्मा लगाएका आरोपहरु प्रमाणित नगरे गृहमन्त्रीलाई गलहत्याएर निकाल्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्दा लगाएका आरोपहरु प्रमाणित नगरे संसदबाट गलहत्याएर निकाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले भने,‘यो सम्मानित सदनमा उभिएर गृहमन्त्रीले राष्ट्रिय सूचना बेच्ने एजेन्टहरु यही सदनमा छन् भनेर गम्भीर आरोप लगाउनुभएको छ । माननीय गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट ? त्यसलाई यो सदनबाट गलहत्याउँ, हामी साथ दिन तयार छौं । होइन, तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई यो सदनबाट गलहत्याउन कामबाट पनि हामी चुक्ने छैनौं ।’
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
