कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक मंगलबारसम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजै प्रतिनिधिसभा बैठक कांग्रेससहितका दलको अवरोधका बीच सञ्चालन भएको थियो । उक्त बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।
प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५