प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै प्रतिनिधि सभा बैठक स्थगित

भक्तपुर न्यूज

७ जेठ २०८१ ७:४९

प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै भोलिबिहान ११ बजेसम्म बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीको प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेले बताए।

प्रधानमन्त्रीले विश्वासको मत लिने बाहेकको बाँकी आजको कार्यसूची हटाएर सभामुखले बैठक स्थगित गरेका छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *