प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै, जसपा नेपाल अदालतको आदेश कुर्दै

भक्तपुर न्यूज

७ जेठ २०८१ ५:३१

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै, जसपा नेपाल अदालतको आदेश कुर्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले आजको बैठकका लागि आठवटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

कार्यसूचीको पाँच नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उल्लेख छ । यसअघि हिजो गृहमन्त्री रवि लामिछानेले संसदमा सम्वोधन गरेलगत्तै बैठक आजका लागि स्थगित गरिएको थियो । यसैबिच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हिजो दायर गरेको रिटमा पनि अन्तरिम आदेश आउने अनुमान गरिएको छ । किनकि सर्वोच्च अदालतले नै यसअघि जसपा नेपालको निर्वाचन आयोगले गरिदिएको विभाजन प्रक्रियालाई नमानेर मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी सकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्य असंवैधानिक हुने भन्दै यादव सर्वोच्च अदालत गएका हुन् । यादवको रिटको पेशी आजका लागि तोकिएको छ । उता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजै पत्रकार सममेलन गरेर रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन भने प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया रोक्न बैठकमा अवरोध सिर्जना गर्ने बताइसकेको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *