सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

भक्तपुर न्यूज

६ जेठ २०८१ ६:१९

सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौंं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै छन् । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् । प्रमुख चार दलहरूबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ ।

कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *