चार जिल्लाका नाका तीन दिनका लागि बन्द

भक्तपुर न्यूज

५ जेठ २०८१ ८:१०

चार जिल्लाका नाका तीन दिनका लागि बन्द

काठमाडौं । मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका हुन् ।

भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

सोमवार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् ।

यस्तै मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।  रेल्वे सेवा मंलबारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *