सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

भक्तपुर न्यूज

४ जेठ २०८१ ११:३४

सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूले सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका थिए । वि.सं २०७९ पुस १० गते प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागी मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *