प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा चौथोपटक विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते सोमबारका दिन प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । उनले सो प्रयोजनका लागि प्रतिनिधिसभाको सचिवालयमा खबर गरिसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले गत वैशाख ३१ गते सरकारलाई दिइ आएको समर्थन फिर्ता लिइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५