राष्ट्रियसभा बैठक पनि अपराह्न ४ः३० बजेका लागि सर्यो
काठमाडौं । राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रासद पाण्डेयले जानकारी दिए ।
उनले १ः३० बजे निर्धारण गरिएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको जानकारी दिए । त्यस्तै आजै बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि अपराह्न ४ बजेलाई सारिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ ०३ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
