सहकारी ठगी प्रकरण र गिरीबन्धु टि–स्टेट नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको र्याली

भक्तपुर न्यूज

२ जेठ २०८१ ६:२६

सहकारी ठगी प्रकरण र गिरीबन्धु टि–स्टेट नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको र्याली

काठमाडौं । सहकारी ठगी प्रकरण र गिरीबन्धु टि–स्टेट नीतिगत भ्रष्टाचारविरुद्ध सडकमा खबरदारी र्याली निकालिएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिचन्द्र क्याम्पसले खबरदारी र्याली निकालेको हो । विद्यार्थीहरु क्याम्पस अगाडि बाटोमै बसेर केहीबेर सडक अवरोध गरेका थिए ।

माउ पार्टी कांग्रेसले लाखौँ नेपाली नागरिक पीडित बनेको सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई दबाब दिइरहँदा नीतिगत भ्रष्टाचारमा संलग्न तत्कालीन केपी शर्मा ओली सरकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइरहेको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि मुछिएको भन्दै उनीमाथि छानबिन गर्न पनि संसदीय छानबिन समिति बनाउनै पर्ने कांग्रेसको माग छ । माउ पार्टीको एजेन्डालाई बोकेर भ्रातृ तथा भगिनी संस्थाहरु नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगाउनले सडकमा विरोधका कार्यक्रम गरिरहेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *