बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा समापन

भक्तपुर न्यूज

२९ वैशाख २०८१ ५:२५

बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा समापन

काठमाडौं । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवम् स्नान गरी हिजाे समापन भएको छ । मेला गत चैत २७ गते शुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवानको दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए ।

मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख रुपैयाँ र प्रदेश सरकारले ५५ लाख रुपैयाँ प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेको थियो । कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बाग्मती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक छ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्ने गरेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *