‘जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, भगाइएको मान्छेलाई समात्न समय लाग्छ’ : गृहमन्त्री लामिछाने

भक्तपुर न्यूज

२९ वैशाख २०८१ ५:०१

‘जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो, भगाइएको मान्छेलाई समात्न समय लाग्छ’ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई अघिल्लो सरकारका पालामा भगाइएको आरोप लगाएका छन् । शनिबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले अघिल्लो सरकारको पालामा भगाइएको र भगाएको मान्छेलाई समात्न समय लाग्ने भएका हुन् ।

‘जीबी राईलाई अघिल्लो सरकारको पालामा भगाइएको हो । समातेर किन नेपाल ल्याइएन भन्ने प्रश्न पनि छ,’ उनले भने, ‘भगाइएको मान्छेलाई समात्न समय लाग्छ । समात्ने कोसिस भइरहेको छ ।’

गृहमन्त्री लामिछानेले राईलाई पक्रेर नेपाल ल्याउन हर कोसिस भइरहेको पनि दाबी गरे । ‘राईलाई समात्न गृहमन्त्रीका रूपमा मैले प्रहरीलाई निर्देशन दिएको छु । पक्रिने कोसिस भइरहेको छ,’ उनले भने, ‘मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले पनि कठिन भएको छ । तर, यसबारेमा मलेसियाका गृहमन्त्रीसँग मेरो कुरा भएको छ ।’

प्रकाशित मितिः २०८१ बैशाख २९ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *