अक्षय तृतीयाका अवसरमा भक्तपुरको डोलेश्वरमा दर्शनार्थीको घुइँचो
काठमाडौं । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा अक्षय तृतीयाका अवसरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरी दर्शनार्थीलाई मन्दिरको गर्भ गृहमै प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव हरिशशरण बस्नेतले बताए ।
डोलेश्वर महादेव मन्दिरमा अन्य दिनमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीया गरी वर्षमा तीन दिन भने मन्दिरभित्रै प्रवेश गरी पूजा गर्न पाउने व्यवस्था गरिएको सचिव बस्नेतले बताए । मेला व्यवस्थापन गर्न प्रहरीसहित स्वयंसेवक परिचालित छन् ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५