गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाली कांग्रेसले गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध मंगलबार अदालतमा रिट दायर गरेको कांग्रेसका प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।
गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरिएको हो ।
रिटमा संविधानको धारा १६८ (२) अनुसार नियुक्त अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको उल्लेख गर्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा कांग्रेस नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५