काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री खामिखावा योको

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ६:५४

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री खामिखावा योको

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।

उनी आजै टोकियो फर्किने कार्यक्रम छ । सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *