क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

भक्तपुर न्यूज

२३ वैशाख २०८१ ६:४९

क्रिकेटर लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको मुद्दा ‘हेर्न नमिल्ने’मा परेको छ।

जिल्ला अदालत, काठमाडौंको आदेश विरुद्ध लामिछानेले गत फागुन ११ मा उच्च अदालत, पाटन पुगेका थिए। त्यसमाथि आज उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

मुख्य न्यायाधीश निरौला यसअघि पनि यो मुद्दामा जोडिएका थिए। उनले झगडिया झिकाउने आदेश दिएका थिए। यसअघि आदेश दिएका न्यायाधीशले फेरि त्यही मुद्दा हेर्दा स्वार्थ बाँझिने भएकाले हेर्ने गरिँदैन। त्यसैले लामिछानेको मुद्दा पनि ‘हेर्न नमिल्ने’मा परेको हो।

लामिछानेले गौशाला-२६ लाई काठमाडौंको गौशालामा रहेको होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। जिल्ला अदालतले युवतीको आर्थिक दुरवस्थाको फाइदा उठाएर जबर्जस्ती करणी गरेको ठहर गर्दै लामिछानेलाई आठ वर्ष कैद सहित जरिवाना गर्ने फैसला गरेको थियो।

त्यसका विरुद्ध उनी उच्च अदालत पुगेका हुन्। यो मुद्दामा अब अर्को सुनुवाइ तोकिनेछ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *