सितापाइलामा थप एक पुरुष पनि झुण्डिएको अवस्थामा भेटिए

भक्तपुर न्यूज

९ फागुन २०८० ६:३५

सितापाइलामा थप एक पुरुष पनि झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय